कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विषाक्त रक्सीले असममा ८४ को मृत्यु 

एएफपी

डिसपुर — भारतको उत्तर पूर्वी राज्य असममा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ८४ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार दुई सय जना बिरामी छन् । मृतक तथा बिरामीहरु सबै चिया मजदुर हुन् । मदिरा सेवनपछि बिरामी परेकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विषाक्त रक्सीले असममा ८४ को मृत्यु 

प्रहरी अधिकारीहरुले मजदुरहरुको मदिरा सेवन गरेको केहीबेरमै निधन भएको हो । मृत्यु भएका र बिरामी भएकामध्ये धेरै महिला रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमले मृतकको संख्या बढ्न सक्ने उल्लेख गरेका छन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा दुई साताअघि विषाक्त मदिराका कारण करिब सय जनाको मृत्यु भएको थियो ।


'हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार गोलाघाटमा गत बिहीबार रातिदेखि शनिबारसम्म मृत्यु हुनेको संख्या ८४ पुगेको छ,' असमको गोलाघाट जिल्लाका उपआयुक्त धीरेन हजारिकले भने ।


अर्का सरकारी अधिकारीले छिमेकी जिल्ला जोर्हाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृत्यु भएका तथा बिरामी परेकाहरु गोलाघाट र जोरहट जिल्लाका विभिन्न चिया बगानमा काम गर्ने मजदुर हुन् । एक अपुष्ट समाचारअनुसार जोरहट जिल्लामा विषाक्त रक्सीका कारण अन्य १२ जनाको ज्यान गएको छ ।


गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक बिरामीले आफूले बिहीबार चिया रोपेपछि आधार लिटर वाइन खाएको बताए । उनले भने, 'सुरुमा सबै ठिकठाक थियो । तर केहीबेरमा मेरो टाउको निकै दुख्न थाल्यो ।' उनले अत्यधिक टाउको दुखेपछि आफूले खान तथा सुत्न नसकेको बताए ।


अस्पतालका चिकित्सकका अनुसार अधिकांश बिरामी अस्पताल आउँदा बान्ता गरिरहेका थिए । 'धेरैजसो बान्ता गर्दै अस्पताल आएका थिए । उनीहरुले आफूलाई अत्यधिक पीडा भएको र सास फेर्न गाह्रो भएको बताएका थिए,' चिकित्सक रातुल बोर्डोलोइले भने ।


असमका मुख्य मन्त्री सर्वानन्द सोनोवालले घटनाबारे अनुसन्धान गर्न आदेश दिइसकेको जनाएका छन् । राज्य प्रहरीले घटनामा दोषी भएको आशंकामा एकलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी, विषाक्त रक्सीको बेचबिखन रोक्न नसकेको भन्दै दुई अधिकरीलाई निलम्बन गरिएको छ ।


भारतमा विषाक्त मदिरा सेवनका कारण हरेक वर्ष सयौंको मृत्यु हुने गरेको छ । गैरकानुनी रुपमा उत्पादन हुने त्यस्ता रक्सी ब्रान्डेडको तुलनामा निकै सस्तो हुने भएकाले निम्न आयस्तर भएकाले पिउने गरेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?