कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रेक्जिट समयसीमा सार्न चेतावनी

कान्तिपुर संवाददाता

लन्डन — बेलायती संसद्ले ब्रेक्जिट सम्झौता पारित नगरे ईयूबाट बेलायतको बहिर्गमन समयसीमा सार्नुपर्ने माग उठेको छ । बेलायती मन्त्रिपरिषद्का तीन प्रभावशाली मन्त्रीले पहिलो पटक सार्वजनिक रूपमा उक्त चेतावनी दिएका हुन् ।

हाउस अफ कमन्समा मतदानको पूर्वसन्ध्यामा मन्त्रीहरू ग्रेग क्लार्क, एम्बर रुड र डेभिड गाउकले समयमै ब्रेक्जिट डिल पारित नभए आउँदो मार्च २९ को समयसीमा सार्नुपर्ने माग गरेका छन् । सरकारका मन्त्रीहरूले नै प्रधानमन्त्रीसँगको सल्लाहबिना नै यस्तो धारणा सार्वजनिक गरेपछि यसलाई अनौठो मानिएको छ । यद्यपि उक्त प्रतिक्रियाले उनीहरूले बेलायतबिना सम्झौता ईयूबाट बाहिरिने पक्षमा आफूहरू नरहेको प्रस्ट सन्देश दिएका छन् । मन्त्रीत्रयले प्रधानमन्त्री टेरेजा मेको विरुद्ध गइ ढिलाइ गर्न मत हाल्न तयार हुने डेली मेलसंग बताए ।


उनीहरूले सरकारको नीति अस्वीकार गरि आगामी साता सरकारविरुद्ध मत हाल्ने चेतावनी दिएकोप्रति आक्रोशित हुंदै ब्रेक्जिट पक्षधर कन्जरभेटिभ सांसद एन्ड्रियू ब्रिडगेनले ति मन्त्रीलाई राजिनामा दिन बीबीसी रेडियो फोरसंगको कुराकानीमा माग गरेका छन् । ‘उनीहरूले सरकारको नीतिको विरोध गरिहेका छन् र सरकारी नीतिविरुद्ध मतदान गर्ने चेतावनी दिएका छन,’ ब्रिडगेनले भनेका छन्, ‘त्यस्तो अवस्थामा उनीहरूले तत्काल राजीनामा दिनुपर्छ ।’


प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले प्रधानमन्त्री मे जनमत संग्रहको मर्मअनुरूप ब्रेक्जिट डिल पारित गराउन मिहिनेत गरिरहेको एक विज्ञप्तिमा बताएको छ । यसअघि बेलायती प्रधानमन्त्रीका फ्रवक्ताले अरब राष्ट्रहरूको सम्मेलनका त्रममा युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कसँग वार्ता गर्ने जनाएका थिए ।


बेलायत आगामी मार्च २९ का दिन ईयूबाट बहिर्गमन हुने कार्यतालिका छ । तर प्रधानमन्त्री मेले इयुबाट पारित गराएको सम्झौतामा सांसदको समर्थन जुटाउन असफल भएकी थिइन् । सांसदहरूले बुधबार हुने छलफलमा ब्रेक्जिट सम्झौतामाथिको संशोधनमा सहमति जनाउने अपेक्षा गरिएको छ ।


प्रधानमन्त्री मेले बिनासम्झौता बेलायत ईयूबाट नबाहिरिने भन्दै सांसदहरूलाई मनाउन लागिपरेकी छन् । ब्रेक्जिट विपक्षीहरूले बेलायत बिनासम्झौता युरोपेली संघबाट बाहिरिए बेलायतको अर्थतन्त्रमा नकारात्मक असर पर्ने दाबी गर्दै आएका छन् । उनीहरूले ब्रेक्जिटबारे पुनः जनमतसंग्रहको माग गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?