कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा खानी दुर्घटनामा २१ जनाको मृत्यु

रासस/सिन्ह्वा

होहोट — चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा अरु २९ जना घाइते भएका छन् । 

चीनमा खानी दुर्घटनामा २१ जनाको मृत्यु

जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । चीनका कोइला समेतका अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ । चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?