भारतीय लडाकू विमानले बालाकोटमा रहेको आतंकवादी शिविरमा बम खसालेको विदेश सचिव गोखलेको दाबी
काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त बनाएको दाबी गरेको छ । मंगलबार बिहान गरिएको उक्त आक्रमणको पाकिस्तानले पनि पुष्टि गरेको छ ।
भारतीय विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेरै वायु सेना प्रयोग गरेका आक्रमण गरेको पुष्टि गरे । उनले बालाकोट भन्ने स्थान पाकिस्तान शासित काश्मिरमा रहेको वा भारतीय भुभागमै पर्ने बारे कुनै टिप्पणी भने गरेनन् ।
उनले भारतीय सुरक्षा संयन्त्रले जैशे-मोहम्मदका आतंकवादीहरुले पुन: आक्रमण गर्ने सूचना पाएपछि त्यसलाई निस्तेज बनाउन आक्रमण गर्नु परेको दाबी गरेका थिए । सचिव गोखलेका अनुसार हवाई हमलाबाट जैशे-मोहम्मदका थुप्रै आतंकवादीहरुसहित कमाण्डरको पनि मृत्यु भएको दाबी गरेका थिए ।
Foreign Secretary: India is firmly&resolutely committed to taking all measures to fight the menace of terrorism.This non-military pre-emptive action was targeted specifically at JeM camp. The selection of the target was also conditioned by our desire to avoid civilian casualties. pic.twitter.com/IKoK9G2NS5
— ANI (@ANI) February 26, 2019
उता पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनेरल असिफ गफुरले ट्वीट गर्दै भारतीय लडाकू विमानले पाकिस्तानी सीमामा अवैध घुसपैठ गरेको र पाकिस्तानी वायु सेनाले जवाफी कारवाही गरेसँगै बालाकोटमा बम खसालेर भागेको बताएका छन् । उनको अनुसार खसालिएको बमबाट कुनै जनधनको नोक्सानी भएको छैन ।
Indian aircrafts intruded from Muzafarabad sector. Facing timely and effective response from Pakistan Air Force released payload in haste while escaping which fell near Balakot. No casualties or damage.
— Maj Gen Asif Ghafoor (@OfficialDGISPR) February 26, 2019
उता भारतीय पक्षले भने बम आतंकवादीको अखडामा खसालेको र त्यसले उनीहरुको सञ्चार सम्पर्क गर्ने केन्द्र तथा तालिम क्षेत्र ध्वस्त भएको दाबी गरेको छ ।
Indian Air Force carried out aerial strikes at major terror camps in Pakistan occupied Kashmir, completely destroying them, 12 days after ghastly terror attack in Pulwama
— ANI Digital (@ani_digital) February 26, 2019
Read @ANI Story | https://t.co/nnpboLnv4T pic.twitter.com/JvYDeNn32w
भारतको काश्मिरस्थित पुलुवामामा भएको आत्मघाती आक्रमणमा परी ४६ जना सीआरपीएफका जवानहरुको मृत्यु भएसँगै भारत-पाकिस्तानको सम्बन्धमा चिसोपना आएको छ ।
भारतीय पक्षले पाकिस्तान माथि हमाल नै गर्नुपर्ने तर्क राखिरहेका छन् भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले आक्रमण गरे त्यसको कडा जवाफ दिने बताएका छन् ।
प्रकाशित : फाल्गुन १४, २०७५ ११:१५