१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अदालतद्वारा सिनावात्राको पार्टी विघटन

एएफपी

बैंकक — थाइल्यान्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ । देशका पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरूले बताएका छन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आमनिर्वाचनका लागि मतदान गर्ने दिन आउन एक साता बाँकी रहँदा अदालतले उक्त पार्टी विघटनको फैसला गरेको हो । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरेको बताइएको छ ।


संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत विघटन निर्णय गरेको समाचारमा जनाइएको छ । राजकुमारी उबोलरत्ना महिडोलले केही साताअघि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । तर, उनलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको थियो ।


उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उनलाई अयोग्य घोषणा गरेको हो । राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइअनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो ।


राजाकै आशय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरूले बताएका छन् । थाइल्यान्डमा यही मार्च २४ मा आमनिर्वाचन हुन लागेको छ । अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरूलाई एक दशकसम्म राजनीतिमा प्रतिबन्ध फनि लगाएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?