१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मेक्सिकोमा ट्रक दुर्घटना, २५ को मृत्यु

एएफपी

मेक्सिको — मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको ट्रक दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासी बोकेको ट्रक बिहीबार दुर्घटना भएको हो । ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा ट्रक दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको ट्रक सडकमा पल्टिएको थियो । होन्डुरस, एल-साल्भाडोर र ग्वाटेमाला समेतका मध्य-अमेरिकी राष्ट्रहरुबाट मेक्सिको हुँदै बर्सेनि ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न जोखिमपूर्ण यात्रा गर्दछन् । बिहीबार दुर्घटनामा परेको ट्रकमा झण्डै ८० यात्रु थिए । गत वर्ष अक्टोबरमा करिब सात हजार मानिस मेक्सिको हुँदै मेक्सिको-अमेरिकासँगको सीमावर्ती सहर तिजुआना पुगेका थिए ।


प्रकाशित : फाल्गुन २४, २०७५ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?