कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियामा संसदीय चुनाव 

एजेन्सी

सोल — उत्तर कोरियामा आइतबार भएको संसदीय चुनावमा उल्लेख्य मतदान भएको जनाइएको छ । कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्ता सम्हालेपछिको यो दोस्रो चुनाव हो । चुनावी परिणामका लागि केही दिन लाग्ने जनाइएको छ । 

उत्तर कोरियामा संसदीय चुनाव 

सुप्रिम पिपुल्स एसेम्ब्ली (एसपीए) भनिने सर्वोच्च जनसभाका लागि योग्य मतदाताहरूले अनिवार्य रूपमा मतदान गर्नुपर्ने नियम छ । कुनै प्रकारको विरोध गर्न नपाइने निर्वाचनमा मतदातालाई उम्मेदवार छान्ने व्यवस्था भने हुँदैन । उत्तर कोरियामा चुनावको दिन कोही बिरामी हुँदैन र कसैको मृत्यु पनि हुँदैन भन्ने गरिन्छ ।


चुनावमा सहभागी हुने लगभग शत प्रतिशत मतदाताले सत्तारूढ गठबन्धनलाई सर्वसम्मत समर्थन गर्छन् । किम परिवारको वंशाणुगत शासन व्यवस्था रहेको उत्तर कोरियामा नागरिकलाई वर्तमान नेता तथा शासकपरिवारप्रति सम्मान तथा भक्तिभावका लागि बाध्य पार्ने गरिन्छ ।


आइतबारको चुनावका लागि १७ वर्षदेखि माथिको उमेरका सबै नागरिकलाई योग्य मानिएको थियो । ‘सत्ता र सरकारप्रतिको बफादारीका लागि मतदाता बिहान सबेरैदेखि मतकेन्द्रमा पुग्छन्,’ सोलस्थित उत्तर कोरिया विश्लेषक फ्योडोर टेर्टिस्की भन्छन् ।

लामबद्ध मतदातालाई पालैपालो एउटा मात्र नाम हुने मतपत्र दिइन्छ ।


तर मतपत्रमा मत चिह्न लगाउने वा टिक लगाउने स्थान भने हुँदैन । मतदाताले आफूले पाएको मतपत्र सबैले देख्ने स्थानमा राखिएको मतपत्रमा खसाल्न लगाइन्छ ।


प्रकाशित : फाल्गुन २७, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?