कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दुर्घटनाग्रस्त इथियोपियाली विमानको 'ब्लाक बक्स’ भेटियो

रासस/एएफपी

अदिस अबाबा, इसिथयोपिया — आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा 'ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन् । 

दुर्घटनाग्रस्त इथियोपियाली विमानको 'ब्लाक बक्स’ भेटियो

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो ।


इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर पेजमा लेखेको छ, 'इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको 'ब्लाक बक्स’ भेटिएको छ ।'

प्रकाशित : फाल्गुन २७, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?