कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ट्रम्पले पर्खाल बनाउन ८ अर्ब मागे

एएफपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाक्षेत्रमा पर्खाल बनाउन ८ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन कंग्रेससमक्ष आग्रह गरेका छन् ।

ट्रम्पले पर्खाल बनाउन ८ अर्ब मागे

बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कंग्रेसबीच पुनः संघर्ष चर्किने खतरा बढेको छ । सोमबार सार्वजनिक सन् २०२० को बजेटमा गतवर्ष माग गरिएको ५ अर्ब ७० करोड डलरभन्दा यो निकै बढी हो । पर्खाल निर्माणका लागि अघिल्लो पटक माग गरिएको रकमबारे कंग्रेसमा सहमति नभएपछि अमेरिकी संघीय कार्यालय ३५ दिनसम्म आंशिक बन्द भएका थिए ।


हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख नान्सी पेलोसी र सिनेटमा डेमोक्र्याट नेता चक सुमर दुवैले राष्ट्रपतिको मागप्रति आपत्ति जनाएका छन् । पेलोसी डेमोक्र्याटिक दलका तर्फबाट सभामुख निर्वाचित भएकी हुन् । उनीहरूले राष्ट्रपति ट्रम्पले जबर्जस्ती गरे कंग्रेसले बजेट अस्वीकृत गर्ने चेतावनीसमेत दिएका छन् ।


ह्वाइटहाउसका अधिकारीहरूले नयाँ प्रस्तावले फेरि संसद्मा विवाद उत्पन्न हुन सक्ने स्वीकार गरेका छन् । आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भनेका छन्, ‘मेरो विचारमा शक्ति संघर्ष अवश्य चर्कन्छ ।’

प्रकाशित : फाल्गुन २८, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?