कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

महिला अधिकारवादी पहिलोपटक सुनुवाइमा

एजेन्सी

रियाद — विदेशी गतिविधिलाई सहयोग गरेको आरोपमा पक्राउ परेका १० साउदी महिलालाई पहिलोपटक बुधबार सुनुवाइमा उपस्थित गराइएको छ । अधिकारकर्मी लुजैन हथाउलसहितलाई पक्राउ गरेपछि साउदी मानवअधिकारको स्थितिप्रति विश्वभर 
आलोचना भएको थियो । 

महिला अधिकारवादी पहिलोपटक सुनुवाइमा

उनीहरूलाई गत मे महिनामा पक्राउ गरिएकोमा रियादस्थित अपराध अदालतमा पहिलोपटक उपस्थित गराइएको हो । पत्रकार र कूटनीतिज्ञलाई भने सुनुवाइमा प्रवेश दिइएको थिएन । महिलाहरूले गाडी चलाउन पाउने नियम लागू हुनुअघि नै ती महिलालाई पक्राउ गरिएको थियो ।


त्यतिबेला सरकारी वकिलले ५ पुरुष र ४ महिलाले देशको हितलाई क्षति पुर्‍याउने काम गरेको र विदेशी गतिविधिलाई सहयोग गरेको आरोप लगाएका थिए । सरकारी मिडियाले भने उनीहरूलाई देशद्रोही र दूतावासका एजेन्ट भनेका थिए ।


गत साता करिब ३ दर्जन पश्चिमा मुलुकले उनीहरूलाई रिहा गर्न राष्ट्रसंघ मानवअधिकार परिषद्मा रियादसमक्ष अपिल गरेका छन् । अधिकारकर्मीका अनुसार अल–हथाउललाई एक्लै कारागारमा राखेर दुर्व्यवहार गरिएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?