१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘दुर्भाग्यपूर्ण कदम’

एएफपी

नयाँदिल्ली — भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकु समूहका नेता मसुद अजहरलाई आतंककारी घोषित गर्ने तथा उनले नेतृत्व गरेको जैस–ए–मोहम्मदलाई कालोसूचीमा राख्ने राष्ट्रसंघीय प्रस्ताव चीनले स्थगन गर्नु दुर्भाग्यपूर्ण भन्दै ‘निराशा’ व्यक्त गरेको छ । 

पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहरमाथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न समय चािहने भन्दै ९ महिनापछि धकेलिदिएको हो ।


भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘चिनियाँ कदमबाट भारत निराश भएको’ जनाएको छ । मन्त्रालयले ‘भारतीय नागरिकमाथि नृशंश आक्रमणमा संलग्न आतंकवादी नेतालाई कानुनी कठघरामा ल्याउन सबै सम्भाव्य उपाय खुलै राख्ने’ पनि स्पष्ट गरेको छ । चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका ३ प्रयत्नलाई अवरुद्ध बिफल पारिसकेको छ ।


प्रकाशित : चैत्र १, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?