२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जिम्बाब्वेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौँ वेपत्ता

रासस/एएफपी

हरारे, जिम्बाब्वे — जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । शुक्रबार मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण हजारौँ मानिस प्रभावित बनेका छन् । आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।


पूर्वी चिनामानिमनि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भने, 'अहिलेसम्मको जानकारी अनुसार २४ जनाको मृत्यु भएको र १०० भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन् ।' आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ । कतिपय घरहरू बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ ।

आँधीपूर्व गत हप्ता भएको अत्यधिक बर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित बनेका थिए ।



प्रकाशित : चैत्र २, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?