कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्राइस्टचर्च मस्जिद आक्रमण : मुख्य आरोपी अदालत फेस

अस्ट्रेलियन नागरिक ब्रेन्टन ह्यारिसन टारन्टले अन्य आक्रमणका समेत योजना बनाएको खुलासा 
एजेन्सी

अकल्यान्ड — न्युजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिद आत्रमणका मुख्य आरोपीलाई शनिबार अदालतमा फेस गरिएको छ । शुक्रबार दुई मस्जिदमा गरिएको आत्रमणमा ४९ जनाको ज्यान गएको थियो । 

क्राइस्टचर्च मस्जिद आक्रमण : मुख्य आरोपी अदालत फेस

अस्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन ह्यारिस टारन्टलाई हत्या आरोपमा मुद्दा चलाइएको छ । प्रहरीले अदातलमा पेस गर्दा टारन्ट बन्दीले लगाउने लुगा र हतकडीमा देखिन्थे । उनीविरुद्ध थप अभियोगमा मुद्दा चलाइने अपेक्षा गरिएको छ ।


न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले टारन्टसँग ५ वटा बन्दुकका लागि अनुमतिपत्र भएको बताउँदै भनिन्, ‘बन्दुकसम्बन्धी हाम्रो कानुन अब परिवर्तन हुन्छ ।’ न्युजिल्यान्डका महान्यायाधिवक्ता डेभिड पार्करले सरकारले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउन खोजेको जनाएका छन् ।


अदालतले टारन्टलाई अप्रिल ५ सम्म अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ । प्रधानमन्क्री आर्डर्नले शुत्रबारको आक्रमण ‘आतंककारी कार्य’ भएको जनाइन् । उनका अनुसार अधिकारीहरूले पीडितको विवरण संकलन गरिरहेका छन् ।


आर्डर्नले ‘टारन्टको गाडीमा थुप्रै हतियार भेटिएको र उसले अन्यक्र आत्रमण गर्ने योजना बनाएको’ दाबी गरेकी छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सन् २०१७ मा दिइएको अनुमतिपक्रअनुसार आत्रमणमा प्रयोग भएको हतियार खरिद गरेको जनाइन् ।


आर्डर्नले मस्जिदबाट शव हटाउने कार्य जारी रहेको र सकेसम्म छिटो परिवारलाई बुझाइने जनाइन् । प्रहरीले अरू दुईलाई पनि पक्रेको थियो । तर हिरासतमा राखिएका दुईमध्ये कुनैको पनि आपराधिक इतिहास नदेखिएको बताइएको छ ।


आक्रमणकारी न्युजिल्यान्डबाट पटकपटक विभिन्न देशको यात्रा गरेको आर्डर्नले बताइन् । ‘म उसलाई लामो समयदेखि न्युजिल्यान्डमा बसेको भन्दिनँ,’ उनले नखुलाई भनिन् । देशको जासुसी संस्थाले चरम दक्षिणपन्थीमाथि गहन अनुसन्धान गर्ने बताउँदै मुख्य अझियुक्तको विगतबारे खासै जानकारी नरहेको बताइन् ।


अल नूर मस्जिदमा शुत्रबारको साप्ताहिक प्रार्थनाका बेला बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै ५ मिनेट आन्धाधुन्ध गोली चलाएका थिए । त्यसलगत्तै बन्दुकधारी गाडीमार्फत ५ किलोमिटर टाढाको लिनउड मस्जिद पुगेका थिए । त्यहाँ पुगेलक्तै गोली हानेका बन्दुकधारीको एक हतियार एक व्यत्तिले खोसेका थिए । उक्त भिडियो हटाउन फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालले चाहेर पनि कुनै सामग्री हटाउन सक्दैनन् भन्ने देखिएको छ ।


प्रहरीले टारन्टलाई कहाँ पक्राउ गरिएको भन्ने खुलाएको छैन । प्रहरीले दुवै मस्जिद तथा आक्रमणकारीको गाडीमा हतियार तथा विस्फोटक पदार्थ भेटिएको जनाएको छ । न्युजिल्यान्डमा कुल जनसंख्याको १.१ प्रतिशत मुस्लिम छन् ।


न्युजिल्यान्डका प्रधानमन्क्री आर्डर्नले शुत्रबार घटनालाई ‘आतंककारी गतिविधि’ को संज्ञा दिँदै ‘न्युजिल्यान्डका लागि कालो दिन भएको’ प्रतिक्रिया जनाएकी थिइन् । अन्तर्राष्ट्रिय समुदायले घटनाको भर्त्सना गर्दै गहिरो दुःख व्यक्त गरेको छ । बेलायत, अस्ट्रेलिया, क्यानडा, अमेरिका, रूस, टर्की, श्रीलंका, फिजी तथा पाकिस्तानले घटनाको विरोध गरिसकेका छन् ।

प्रकाशित : चैत्र ३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?