कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इथियोपियन र लायन एयर : दुवै दुर्घटनाको कारण उस्तै

एजेन्सी

अदिस अबाबा — एक साताअघि दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सको विमान र गतवर्ष अक्टोबरमा इन्डोनेसियामा भएको लायन एयरको विमान दुर्घटनाबीच स्पष्ट समानता देखिएको छ । 

इथियोपियन र लायन एयर : दुवै दुर्घटनाको कारण उस्तै

इथियोपियाका यातायात मन्त्री दग्मावित मोगेसका अनुसार ‘इथियोपियन एयरलाइन्सको उडान ३०२ र लायन एयरको उडान ६१० बीच स्पष्ट समानता’ देखिएको छ । उनले दुर्घटनाबारे थप अनुसन्धान गरिने जनाए ।


दुवै विमान अमेरिकी कम्पनी बोइङले उत्पादन गरेको ७३७ म्याक्स–८ मोडलका हुन् । यातायात मन्त्री मोगेसले घटनाबारे प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गरिने जनाए ।


दुवै विमानमा उडानको निगरानी राख्ने तथ्यांकको विश्लेषण गर्दा विमान उचाइमा पुगेपछि तीव्र उतारचढाव देखिएको उनको भनाइ छ । दुर्घटनामा ज्यान गुमाउनेको शवबिना नै अदिस अबाबमा सामूहिक अन्तिम संस्कार गरिएको छ ।


बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेनिस मुलन्बर्गले घटनाको अनुसन्धानमा आफूहरूले सहयोग गर्ने बताइसकेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै विमानको उडान नियन्त्रण प्रणालीको व्यवहारबारे उठेका प्रश्न सम्बोधन गर्न सफेयर अद्यावधिक गर्ने’ बताए ।


केन्या र इथियोपियामा पीडितको सम्झनाका लागि कार्यक्रम गरिएको छ । राष्ट्रिय झण्डामा बेरिएका रित्ता शवपेटिका राखिएका गिर्जाघरमा हजारौं मानिस जम्मा भएका थिए । ज्यान गुमाउनेको त्यहाँ शवबिना नै सामूहिक अन्तिम संस्कार गरियो ।

इथियोपियन एयरलाइन्सको फ्लाइट ३०२ विमान अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको केही मिनेटमै विमान चालकले समस्या भएको जानकारी दिएका थिए । उनले विमान फर्काउन अनुमति मागे पनि उडेको ६ मिनेटभित्रै दुर्घटना भएको थियो ।


हवाई ट्राफिक अनुगमन गर्ने फ्लाइट राडार २४ ले विमान उडेपछि ठाडो हुने समयमा गति अस्थिर रहेको उल्लेख गरेको छ । फ्रान्सेली हवाई सुरक्षा अनुसन्धानकर्ताले विमानको डेटा रेकर्डर र ब्ल्याक बक्सबाट संकलन गरिएको विवरणका आधारमा उक्त निष्कर्ष निकालेको जनाइएको छ ।


सन् २०१८ को अक्टोबरमा जाकार्ता विमानस्थलबाट उडेको लायन एयरलाइन्सको विमान दुर्घटना हुँदा १८९ को ज्यान गएको थियो । त्यसपछि गरिएको अनुसन्धानमा बोइङ म्याक्स–८ विमान उडेलगत्तै धेरै ठाडो हुनबाट रोक्ने ‘एन्टिस्टल’ प्रणालीमा समस्या हुने गरेको देखिएको थियो । चालक दलले विमानको चुच्चो माथितिर सोझ्याएर त्रुटि सच्याउन खोजे पनि २० पटकभन्दा बढी समस्या आएका कारण असफल भएको अनुसन्धानमा देखिएको थियो ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?