कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फेरी डुब्दा ५४ को मृत्यु 

एएफपी

मोसुल — इराकको उत्तरी सहर मोसुलमा एक फेरी दुर्घटना हुँदा कम्तीमा ५४ जनाको मृत्यु भएको छ । कुर्दिस नयाँ वर्ष मनाउन टिग्रिस नदी पार गर्ने क्रममा फेरी दुर्घटनामा परेको गृह मन्त्रालयका अधिकारीहरुले जनाए । 'नागरिक सुरक्षा समूहले अहिलेसम्म ५४ जनाको शव भेटाएको छ, अरु उद्धार तथा खोजी कार्य जारी छ' एक अधिकारीले भने । 

मोसुलको पर्यटक व्यापारीक केन्द्रतर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको फेरी दुर्घटनामा परेको हो । उद्दार कार्य जारी रहेको तथा विस्तृत विवरण आइनसकेको बताइएको छ । घटनापछि कैयौं मानिसहरु सम्पर्कमाविहीन छन् । उनीहरूको मृत्यु भएको अधिकारीहरुको आशंका छ ।


प्रकाशित : चैत्र ७, २०७५ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?