भारतीय लोकसभा चुनाव : मोदी फेरि बनारसबाट

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी लोकसभा चुनावमा फेरि एकपटक बनारसबाट उम्मेदार बन्ने भएका छन्  । भारतीय जनता पार्टी (भाजपा) ले आगामी २८ चैतदेखि हुने १७ औं लोकसभाको चुनावका लागि उम्मेदवारहरूको १८४ जना उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्दै मोदीलाई बनारसबाट उठाउने घोषणा गरेको हो  ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकमा । तस्बिर ः एजेन्सी

बिहीबार साँझ भाजपा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै त्यस्तो घोषणा गरिएको हो । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै लडेका थिए । उक्त चुनावमा उनले विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका उम्मेदवार मधुसूदन मिस्त्रीलाई करिब ६ लाख मत अन्तरले पराजित गरेका थिए ।

पार्टीद्वारा सार्वजनिक गरिएको पहिलो सूचीमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष लालकृष्ण आडवाणी भने अटाएका छैनन् । बरु उनको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टीका वर्तमान अध्यक्ष अमित शाहलाई उम्मेदवार बन्ने भएका छन् । बिहीबार जारी सूचीमा मोदी सरकारका वरिष्ठ मन्त्री तथा पार्टीका उच्च नेताहरू पनि अटाएका छन् ।

पार्टीका पूर्वअध्यक्ष तथा मोदी मन्त्रिमण्डलका वरिष्ठ मन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उठ्ने भएका छन् । अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः एकपटक नागपुर सिटबाटै चुनाव लड्ने छन् ।

पार्टीले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट यस पटक पनि केन्द्रीय मन्त्री स्मृति इरानीलाई नै उठाउने निणय गरेको छ । सन् २०१४ को चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदार बनेकी इरानी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीसँग एक लाखभन्दा बढीको भोट अन्तरले हारेकी थिइन् ।

प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । भारतको निर्वाचन आयोगले दुई साताअघि सात चरणमा गर्ने गरी ५४३ सदस्यीय (थप दुई जना मनोनीत) लोकसभा चुनाव घोषणा गरेको थियो ।

सन् २०१४ को चुनावमा भाजपा एक्लैले २८२ सिट प्रस्ट बहुमत ल्याएको थियो भने जब कि विपक्षी कंग्रेस इतिहासकै सबैभन्दा कमजोर नतिजा निकाल्दै ४४ सिटमा सीमित हुन पुगेको थियो ।

प्रकाशित : चैत्र ८, २०७५ ११:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

न्युजिल्यान्डमा स्वचालित हतियार बन्देज

प्रधानमन्त्री जेसिन्डा आर्डर्न
एएफपी

वेलिङ्टन — न्युजिल्यान्ड सरकारले सबै प्रकारका अर्ध–स्वचालित हतियार तथा राइफल राख्न प्रतिबन्ध लगाएको छ  । क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएकाध्ये ५० को सामूहिक हत्या भएपछि सरकारले नयाँ नियम घोषणा गरेको हो  ।

प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुने गरी बन्देज लगाइएको जनाइन् । उनले भनिन्, ‘हाम्रो इतिहास सदाका लागि परिवर्तन भएको छ । अब हाम्रो कानुन पनि ।’

ऊनले, ‘शुक्रबारको आतंककारी आत्रमणमा प्रयोग गरिएजस्ता हरेक अर्ध–स्वचालित हतियारमाथि यस मुलुकमा प्रतिबन्ध लगाइएको छ ।’ उनले उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइएको बताइन् ।

यी म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गर्न सकिन्छ । यसअघि प्रधानमन्त्री आर्डर्नले सत्तारुढ गठबन्धनका नेता तथा उपप्रधानमन्त्रीको सहमतिमा स्वचालित हतियार प्रतिबन्ध लगाउने निर्णय झएको बताएकी थिइन् ।

क्राइस्टचर्चका दुई मस्जिदमा शुत्रबार एक अस्ट्रेलियाली नागरिकले गरेको आक्रमणपछि न्युजिल्यान्डमा बन्दुकसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने आवाज उठेको थियो । २८ वर्षीय ब्रेन्टन हृयारिस टारन्टले आक्रमणमा अर्धस्वचालित सैनिक एसल्ट हतियारको प्रयोग गरेका थिए ।

आक्रमणकारीसँग भएका ५ मध्ये १ बन्दुक स्वचालित भएको अधिकारीले बताएका थिए । न्युजिल्यान्डमा हाल निजी क्षेत्रबाट उत्पादित करिब १५ लाख हतियार रहेका छन् ।

प्रकाशित : चैत्र ८, २०७५ ११:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT