कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अस्ट्रेलिया विद्यार्थीका समस्याबारे छलफल

अस्ट्रेलिया — नेपाली दूतावासले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको समस्या समाधानका लागि प्रत्यक्ष सरोकार राख्ने निकाय तथा संस्थासँग छलफल गरेको छ । सरकारले एआईबीटी कलेजमा अध्ययनरत विद्यार्थीका समस्या र त्यसको समाधानका उपायबारे सुझाव मागेपछि दूतावासले सरोकारवालासँग छलफल गरेको हो ।

अस्ट्रेलिया विद्यार्थीका समस्याबारे छलफल

दूतावासले आइतबार एनआरएनसँग मिलेर गरेको छलफलमा अन्तर्राष्ट्रिय विद्यार्थी संगठन सिसा, शैक्षिक परामर्शदाता, एनआरएन, नेपाली चिकित्सकको संगठन, कलेजका प्रतिनिधिलगायत सहभागी थिए । छलफलबाट आएको निष्कर्षलाई सम्बन्धित निकायमा बुझाउने दूतावासले जनाएको छ ।


कार्यक्रममा विभिन्न ५ राज्यमा रहेका वाणिज्यदूत, सिसाका अध्यक्ष विजय सापकोटा, एनआरन ओसिनिया अध्यक्ष धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, नेपाली चिकित्सकका तर्फबाट अध्यक्ष डा. घनश्याम चापागाईं, शैक्षिक परामर्शदाताको संगठन एकाका अध्यक्ष परशुराम अधिकारी, पत्रकारहरूको संगठनका संयोजक हेमन्त काफ्लेलगायत सहभागी थिए । उनीहरूले विद्यार्थीका समस्या समाधान गर्न नेपाल सरकार तथा दूतावासले पहल गर्नुपर्ने बताएका थिए ।


सिसा अध्यक्ष सापकोटाले अदालतको निर्णयपछि दूतावासले चासोका साथ अग्रसरता लिनुपर्ने बताए । एका अध्यक्ष्ा परशुराम अधिकारीले अस्ट्रेलियामा रहेर शैक्षिक परामर्शदाताको काम गरिरहेकालाई अझ नैतिक र व्यावसायिक बनाउन पहल गरिरहेको जानकारी दिए । नेपाली चिकित्सकको संगठन -एनएमडीए) अध्यक्ष चापागाईंले विद्यार्थीमा मानसिक समस्या धेरै रहेको बताए ।


कृष्ण हमाल तथा भरतराज पौडेलले सरोकारवाला निकायबाट लिखित सुझाव आएपछि छलफललाई अन्तिम रूप दिने भएका छन् । पौडेलले सरोकारवाला व्यक्तिका सुझाव दूतावासमार्फत नेपाल सरकारलाई पठाउने बताए । अहिले अस्ट्रेलियामा करिब ४० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ ।

प्रकाशित : चैत्र १०, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?