कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुईवटा जहाज दुर्घटनापछि बोइङले '७३७ म्याक्स' को उत्पादन घटाउदै 

बीबीसी

काठमाडौँ — विमान निर्माण कम्पनी बोइङ्ले '७३७ म्याक्स' विमानको उत्पादन घटाउने भएको छ । इथोपिया र इन्डोनेसियामा यो मोडलको विमान दुर्घटना भएपछि बोइङले यस्तो निर्णय लिएको हो ।

दुईवटा जहाज दुर्घटनापछि बोइङले '७३७ म्याक्स' को उत्पादन घटाउदै 

एक विज्ञप्ति निकाल्दै बोइङले मध्य अप्रिलबाट प्रतिमहिना यो विमानको उत्पादन ५२ बाट घटाएर ४२ मा झार्ने निर्णय लिएको छ । बोइङको यो मोडलको विमान धेरै बिक्री हुने विमान हो ।


यो मोडलका सबै विमानहरूको उडान इथोपियन विमान दुर्घटनापछि स्थगित गरिएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा विमानको 'एन्टि-स्टल सिस्टम' मा देखिएको खराबी कारण दुर्घटना भएको बताइएको छ ।


इथोपियन एयरलाइन्सको यही मोडलको विमान अडिस अबाबाबाट उडान भरेको केही मिनेटमा नै दुर्घटनामा परेको थियो । उक्त दुर्घटना परी १५७ जनाको ज्यान गएको थियो ।


यस्तै इन्डोनेसियाको लायन एयरको पनि यही मोडलको विमान ५ महिनाअघि दुर्घटनामा परेको थियो । जकर्ताबाट उडेको केही मिनेटमा विमान दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए ।


दुवै घटनाको प्रारम्भिक अनुसन्धानले 'एन्टी स्टल सिस्टम'मा देखिएको खराबीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ ।


बोइङले गत बिहीबार विमान दुर्घटनाको विषयमा बोल्दै दुःख प्रकट गर्दै क्षमायचना मागेको थियो । इथोपियन विमान दुर्घटनामा परी आफन्त गुमाएपछि अमेरिकी नागरिक साम्या स्टुमोले बोइङ कम्पनी विरुद्ध बिहीबार सिकागो अदालतमा मुद्दा दायर गरेकी छन् ।

प्रकाशित : चैत्र २३, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?