३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बोइङले ७३७ विमान उत्पादन घटाउने 

एजेन्सी

सिकागो — अमेरिकी विमान निर्माण कम्पनी बोइङले ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ । हालै इथियोपिया र इन्डोनेसियामा भएका दुर्घटनापछि कम्पनीले अस्थायी रूपमा उक्त मोडेलका विमानको उत्पदान कटौती गर्न लागेको हो । 

बोइङले ७३७ विमान उत्पादन घटाउने 

कम्पनीका अनुसार अप्रिल मध्यदेखि हरेक महिना ५२ बाट घटाएर ४२ वटा मात्रै ७३७ मोडलको विमान बनाइने जनाएको छ । हालै इथियोपिया र इन्डोनेसियाका दुर्घटनापछि उक्त मोडेलका विमान हस्तान्तरण रोकिएपछि कम्पनीले पछिल्लो निर्णय गरेको हो ।


प्रारम्भिक अनुसन्धानका आधारमा विमानका ‘एन्टिस्टल’ (विमान सीधै खस्नबाट रोक्ने) प्रणालीमा समस्या देखिएपछि म्याक्स मोडेलका विमानलाई उडान भर्न प्रतिबन्ध लगाइएको छ । गत मार्चमा इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स ८ विमान अदिस अबाबाबाट उडेको ६ मिनेटमै दुर्घटना भएको थियो ।


दुर्घटनामा परी एक नेपालीसहित विमानमा सवार सबै १५७ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनाको ५ महिनाअघि इन्डोनेसियाको लायन एयरको ७३७ म्याक्स विमान जकार्ताबाट उडेको केही समयमा समुद्रमा खस्दा १८९ जनाको ज्यान गएको थियो ।


प्रारम्भिक अनुसन्धानअनुसार दुवै घटनामा विमान चालकले ‘एन्टिस्टल’ प्रणालीमा देखिएको त्रुटि सच्याउने प्रयास गरेपछि असफल भएका जनाइएको छ । इथियोपियन एअरलाइन्सका अधिकारीले सार्वजनिक गरेको प्रतिवेदमा उडान नम्बर ईटी ३२० का चालकले बोइङको सुझावअनुसार विमानलाई दुर्घटनाबाट बचाउने प्रयास गरेका थिए ।


‘हामीलाई थाहा छ, लायन एयरको उडान ६१० र इथियोपियन एयलाइन्सको उडान ३०२ शृंखलाबद्ध विभिन्न घटनापछि भएका थिए । दुवै घटनाबीच देखिएको एन्टिस्टलको समस्या समान हो,’ बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेनिस मुइलेनबर्गद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले उक्त जोखिम हटाउने जिम्मेवारी आफ्नो रहेको बताए ।

मुइलेनबर्गले बोइङले विमानमा प्रयोग भएको सफ्टवेर अद्यावधिक गर्ने काममा प्रगति भइरहेको दाबी गरे । बोइङले ७३७ म्याक्स मोडलको विमानलाई उड्दाउड्दै रोकिन नदिन एन्टिस्टल सफेयर (एमसीएएस) विकसित गरेको थियो ।


मुइलेनबर्गले आफ्नो कम्पनीमा हाल दिइएको रोजगारी कटौती नगर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हामीले बनाउने विमानको डिजाइन र विकासका नीति तथा प्रक्रिया अध्ययन गर्न नयाँ समिति बनाइँदै छ ।’


यसैबीच, इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका अमेरिकी यात्री साम्या स्टुमोका आफन्तले अमेरिकाको सिकागोमा बोइङ कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकी विमान निर्माण कम्पनी बोइङको मुख्यालय इलिनोइस राज्यको सिकागोमा छ ।

प्रकाशित : चैत्र २४, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?