२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बौद्ध धर्मगुरु दलाई लामा अस्वस्थ, छातीमा संक्रमण देखिएकाले अस्पताल भर्ना

बीबीसी

दिल्ली — भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्ध धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएका छन् ।

बौद्ध धर्मगुरु दलाई लामा अस्वस्थ, छातीमा संक्रमण देखिएकाले अस्पताल भर्ना

उनको छातीमा संक्रमण देखिएकोले आस्पताल गर्नुपरेको तर स्वास्थ्य अवस्था भने हाललाई स्थिर रहेको बताइएको छ ।


८३ वर्षका दलाई लामाका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि उनी बसोबास गरिरहेको हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो ।


'चिकित्सकहरूले उहाँको छातीमा संक्रमण रहेको पत्ता लगाएका छन् र त्यसकै उपचार हुँदैछ,' ताक्लाले रोएटर्सलाई बताए।


चिनियाँ शासनविरुद्ध उनको नेतृत्वमा तिब्बतमा गरिएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारतमा शरण लिन पुगेका थिए।


नोबेल शान्ति पुरस्कारबाट सम्मानित लामा, प्रेरक वक्ताका रुपमा पनि विश्वभर चर्चित छन् ।


दलाई लामासँगै हजारौं तिब्बतीहरूले भारतमा निर्वासित जीवन बिताउँदै आएका छन् । केही तिब्बती शरणार्थीहरू नेपालमा पनि छन्।

प्रकाशित : चैत्र २७, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?