सही रूपमा प्रस्तुत भए वार्ता : किम

एजेन्सी

सोल, दक्षिण कोरिया — उत्तर कोरियाले अमेरिकासँग तेस्रो चरणको वार्ताका लागि सर्त तेर्स्याएको छ । ‘वासिङ्टन सही रूपमा प्रस्तुत भए’ वार्ता गर्न तयार रहेको प्योङयाङले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले भने, ‘अमेरिकासँग उत्तर कोरिया तेस्रो चरणको वार्ता गर्न तयार छ ।

सही रूपमा प्रस्तुत भए वार्ता : किम

तर यसका लागि हाम्रो सर्त भनेको वासिङ्टन सही तरिकाले प्रस्तुत हुनै पर्छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार किमले आफ्नो एक सम्बोधनमा भनेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अपिल गर्छु कि उहाँले दुवै पक्षलाई स्वीकार्य हुने गरी प्रस्ताव ल्याउनुहोस् ।’

दुई नेताबीच पहिलोपटक अघिल्लो वर्ष सिंगापुरमा वार्ता भएको थियो । त्यसपछि यसै वर्षको फेब्रुअरीमा अर्को वार्ता भएको थियो । भियतनामको हनोईमा भएको दोस्रो चरणको शिखर वार्तामा दुवै देश परमाणु निःशस्त्रीकरणको मुद्दामा पछाडि हटेपछि वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।

उक्त वार्तालगत्तै ट्रम्पले भनेका थिए, ‘उत्तर कोरियाली अधिकारीहरू सोलमाथिको सबै खाले आर्थिक प्रतिबन्ध हटाइएपछि मात्रै आफ्नो मुलुकको प्रमुख पारमाणविक केन्द्र बन्द गरिनेछ । यो माग हामीले स्वीकार गर्न सकेनौँ र वार्ता बिनानिष्कर्ष टुंगियो ।’


त्यसो त उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिको यो प्रतिक्रियालाई तत्कालै अस्वीकार गरेको थियो । पछिल्लो महिना सहायक विदेशमन्त्री चो सुन–हुईले अमेरिकामाथि ‘ग्याङ्गस्टर’ जस्तो भूमिका निर्वाह गरेको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘अमेरिकाले हनोईमा एउटा सुनौलो अवसर गुमाएको छ । ’

अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ का अनुसार उत्तर कोरिया र अमेरिकाबीच तेस्रो चरणको वार्ताको वातावरण बन्दै गएको छ । उत्तर कोरियाली नेता किम वार्ताप्रति सकारात्मक देखिएका छन् ।

नेता किमले आफू अमेरिकी राष्ट्रपति ट्रम्पसँग अर्को चरणको वार्ता गर्ने चाहेको बताएका हुन् । ‘अमेरिका सही रूपमा प्रस्तुत भएर वार्ताको टेबलमा बसेमा त्यसका म तयार छु,’ किमले भने । यसअघि दुई नेताबीच भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो । तर उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।


प्रकाशित : वैशाख १, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?