३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्मारकमा सीमित जलियावाला वाग घटना 

बीबीसी

लाहोर, पाकिस्तान — सय वर्ष पहिले आजैको दिन (१३ अप्रिल) भारतको पंजाब राज्यको अमृतसरस्थित जलियाँवाला बागमा ब्रिगेडियर जनरल रेजिनेल्ड डायरले जनसभा गरिरहेका निहत्था मानिसमाथि गोली चलाउने आदेश दिएका थिए । जलियावाला वाग काण्डको उल्लेख पश्चिम पंजाब (पाकिस्तान) मा कुनै पनि दृष्टिकोण वा सोचमा परिवर्तनको कारण हुन सक्छ ।

स्मारकमा सीमित जलियावाला वाग घटना 

स्वतन्त्रता आन्दोलनमा सहभागी सबै उक्त काण्डमा मारिएका थिए । तिनीहरू पाकिस्तान बनने आन्दोलनका विरोधी थिएनन् । साथै यसले ‘टु नेसन थ्योरी’ को दृष्टिकोणलाई कुनै हानि पनि पुर्‍याउने खालको थिएन । यो भन्नु गलत हुँदैन, ‘पाकिस्तान बन्ने आन्दोलनको सूत्रपातचाहिं जालियावाला वाग काण्ड एउटा हिस्सा थियो ।’


शिख समुदायले धुमधामका साथ मनाउने ‘वैशाखी’ पर्वकै दिन यो घटना भएको थियो । अर्थात् १३ अप्रिल १९९१ मा जलियावाला वागमा ‘रोलेट एक्ट’ को विरोधमा प्रदर्शनकै क्रममा सभाको आयोजना गरिएको थियो । त्यसमा हजारौं सर्वसाधारणको सहभागिता थियो । सभामा सहभागी भएका निहत्था सर्वसाधारणमाथि एकै पटक गोली चलाउने आदेश ब्रिटिस शासकले दिएका थिए । यो आदेश जनरल डायरले दिएका थिए । यो काण्डमा ठूलो संख्यामा शिख, हिन्दु र मुस्लिम मारिएका थिए । उनीहरूलाई पंजाब क्षेत्रलाई स्वतन्त्र बनाउन जारी आन्दोलनको सहिद मात्र मानिएको छ ।


जनरल डायरलाई इतिहासकै सबैभन्दा फटाहा र हत्याराको संज्ञा दिँदै ‘अमृतसरको कसाई’ सम्मको उपमा दिइएको थियो । ब्रिटिस शासनबाट स्वतन्त्र हुनका लागि पंजाबका हरेक समुदायका मानिस एक ढिक्का भएर संघर्ष गरेका थिए । उक्त संघर्ष सन् १८५७ सम्म जारी रहेको थियो । पहिलो विश्वयुद्ध समाप्तिपछि भारतमा स्वतन्त्रता आन्दोलन विस्तारै उचाइमा पुगिररहेको थियो ।


अंग्रेजी शासकविरुद्ध स्थानीय स्तरमा खासगरी अमृतसर, लाहोर, कसुर र गुजरावालेमा सर्वसाधारणहरू स्वतन्त्रताको समर्थनमा आफ्नो चर्को आवाज उठाइरहेका थिए । अंग्रेजी शासकका नीतिहरू तथा कानुनविरुद्ध विशाल विरोध प्रदर्शनमा तीव्रता आउँदै थियो । यो गम्भीर परिस्थितिमा ‘रोलेट एक्ट’ ल्याइएको थियो । जसमा शासनविरुद्ध प्रदर्शन गर्न र बागीहरूलाई तत्कालै पक्राउ गरी काराबासमा चलान गर्न सकिने व्यवस्था थियो । त्यसताका यसलाई ‘कालो कानुन’ को संज्ञा दिइएको थियो ।


उक्त कानुनविरुद्ध हिन्दु, शिख र मुस्लिम सबै एकजुट भएर विरोधमा उत्रने मानसिकता बनाएका थिए । त्यसैबीच ब्रिटिस सरकारका खुफिया नियोग तथा विश्वस्त सूत्रहरूले त्यसलाई बिथोल्ने सोच बनाए । उनीहरूले कानुनको विरोधमा हुने कुनै पनि गतिविधिलाई नियन्त्रण गर्नर् ेमनस्थिति बनाएका थियो ।


त्यसैबीच, विरोधमा सभा गर्ने निर्णय भयो । सभाको तयारी चलिरहेकै बेला स्वतन्त्रता आन्दोलनका पक्षधर नेताहरू सैफुद्दिन किचलू र सत्यपाललाई १० अप्रिल १९१९ मा पक्राउ गरिएको थियो । १३ अप्रिलमा सभा आयोजना गर्ने निश्चित भयो । त्यो सभाको उद्देश्य स्वतन्त्रता आन्दोलन चर्काउन र पक्राउ परेका नेताहरूलाई तत्कालै रिहाइका लागि दबाब सिर्जना गर्ने पनि रहेको थियो । सभाको चाँजोपाँजो मिलाउने जिम्मा डा. मोहम्मद बसिरलाई दिइएको थियो ।


सभाले मुस्लिम, हिन्दु र शिखहरूलाई एउटै मञ्चमा ल्याएको थियो । यस्तो हुनु भनेको स्वतन्त्रता आन्दोलनमा सबै समुदाय एक ढिक्का रहेको पुष्टि गर्नु पनि थियो । फेरि जलियावाला वागभित्र जुन रगत बगेको थियो, त्यो कुनै एउटा सम्प्रदायको थिएन । रगतबाट हिन्दु, मुस्लिम, शिख छुट्टिँदैन्थे । सबैको रगत रातै थियो । यो घटनाले भारतको स्वतन्त्रता आन्दोलनको आधारलाई बलियो बनाएको थियो । त्यसैको फलस्वरूप सन् १९४७ मा हिन्दुस्तान र पाकिस्तानका रूपमा स्वतन्त्रता प्राप्त गरेको थियो ।


घटनाको ४२ वर्ष र ब्रिटिस शासनबाट स्वतन्त्रताको १४ वर्षपछि सन् १९६१ मा जलियाबाला वागमा मारिएकाहरूको सम्मानमा एउटा स्मारकको निर्माण गरियो । तर आजसम्म पश्चिम पंजाब या पूरै पाकिस्तानमा सरकारका तर्फबाट मारिएकाहरूको कहिले पनि सम्झना नगरिएको गुनासो रहँदै आएको छ ।


अझ पाकिस्तानी सरकारले कुनै पनि कार्यक्रमको आयोजना गर्न सकेको छ । यहाँका आमसर्वसाधारणले अमृतसर त भारतमा रहेको र बैशाखी शिखहरूको धार्मिक पर्व भएकाले उक्त घटनालाई सम्झनुपर्ने कुनै कारण मान्न चाहेका छैनन् ।


ताहिर संधू

प्रकाशित : वैशाख १, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?