कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इरान बाढीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो 

एएफपी

तेहरान — इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको छ । गत मार्च १९ यता मुलुकका अरू धेरै भूभागमा खोजी र उद्धारकार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्छ ।

पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुईवटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण सुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो । यहाँका गाउँ सहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।


अधिकारीले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन् । बाढीले इरानमा घर, सडक, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको छ । 'चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको छ,' यातायातमन्त्री मोहम्मद इस्लामीले संसद्मा भने ।


इर्ना समाचार संस्थाका अनुसार मन्त्री इस्लामीले बाढीका कारण सात सय २५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाए । इरानी मौसम विज्ञान विभागका प्रमुख साहार ताजबख्सले दशकौंदेखिको सुक्खाका कारण मात्र बाढीले नोक्सान नगरेको स्पष्ट गर्दै जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले पनि समस्या निम्त्याएको बताए ।


प्रकाशित : वैशाख १, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?