सबैभन्दा ठूलो विमानले भर्यो उडान

एजेन्सी

क्यालिफोर्निया — स्ट्रेटोलन्च कम्पनीले बनाएको विश्वकै सबैभन्दा ठूलो विमानले पहिलो उडान भरेको छ । स्याटेलाइट लन्च प्याडका लागि यो विमान निर्माण गरिएको हो । अन्तरिक्षमा उपग्रह छाड्नुअघि १० किलोमिटरसम्म यो विमानले उडान भर्न सक्छ । 

सबैभन्दा ठूलो विमानले भर्यो उडान

यो विमानको प्वाख ३ सय ८५ फुट लामो छ । बीबीसीका अनुसार विमानको प्याख कुनै पनि अमेरिकी फुटबल मैदान जत्रै छ । यो विमान प्रयोगमा आए अन्तरिक्षमा कुनै वस्तु जमिनबाट पठाउनुभन्दा यो अलिक सस्तो हुने प्राविधिकहरूले बताउँछन् ।

यो विमानमा दुई एयरक्राप्ट बडीलाई एकआपसमा जोडिएको छ । आधा दर्जन यन्त्रजडित यो विमानले पहिलो पटक उडान भर्दा १५ हजार फिट माथिसम्म पुगको थियो । कम्पनीका अनुसार यसको अधिकतम गति सीमा १७० माइल प्रतिघन्टा रहेको छ ।


यो विमान उडाउने पाइलट इभन थोमसले भने, 'अद्भुत थियो, हामीले अपेक्षा गरेअनुसारकै विमान बन्यो, गजबले आकाशमा चक्कर लगायो ।' स्ट्रेटोलन्चले यो विमानलाई संसारकै सबैभन्दा ठूलो भनेर दाबी गरेको छ ।

बेलायती अर्बपति रिचर्ड ब्रेंसनको कम्पनी भर्जिन गेलेक्टिकले पनि अन्तरिक्षको कक्षमा रकेट पठाउनका लागि यस्तै खालको विमान बनाएको थियो । यसबाटै अन्तरिक्ष कक्षमा रकेट पठाइरहेको छ । माइक्रोसफ्टका सह-संस्थापक पोल एलनले पहिलो पटक सन् २०११ मा यो विमानको प्रदर्शन गरेका हुन् ।

प्रकाशित : वैशाख १, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?