२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दुई कोरियाको चौथो शिखर सम्मेलन हुँदै

सिन्ह्वा

सियोल — दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी सुरु भएको बताएका छन् । 

दुई कोरियाको चौथो शिखर सम्मेलन हुँदै

मूनले सोमबार वरिष्ठ सरकारी अधिकारीहरूसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी सुरु भएको बताएका हुन् ।


दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो सम्मेलनको क्रममा भेटवार्ता भएको थियो ।


सो सम्मेलनका क्रममा दुई कोरियाको हितका लागि मौखिक र लिखित केही सम्झौता भएका थिए । राष्ट्रपति मूनले गत साता गरेको वासिङ्टन भ्रमणको क्रममा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेतासँगको भेटवार्ताका बारेमा छलफल गरेका थिए ।


ट्रम्पसँग वासिङ्टनमा भएको भेटवार्ताको मुख्य उद्देश्य किम र ट्रम्पबीचको दोस्रो बैठक पछि उत्पन्न अनिश्चितता हटाउनका लागि भएको मूनले बताएका छन् ।

प्रकाशित : वैशाख २, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?