कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुडानमा नागरिक सरकार बहाली माग

एजेन्सी

खार्तुम — नागरिक सरकार बहालीको माग गर्दै सुडानको खार्तुममा प्रदर्शन चर्किर्एको छ । राष्ट्रपति ओमार अल–बसिरलाई अपदस्थ गरिएपछि गठन गरिएको सैनिक काउन्सिलमाथि दबाब बढाउन प्रदर्शनकारीहरू खार्तुमस्थित रक्षा मन्त्रालयअगाडि धर्नामा बसेका छन् ।

प्रदर्शनको नेतृत्व गरिरहेको सुडानिज प्रोफेसनल एसोसिएसन (एसपीए) ले ‘क्रान्तिको रक्षा गर्न’ भन्दै धर्नामा बस्न नागरिकलाई आह्वान गरेको छ ।

हजारौं नागरिक रक्षा मन्त्रालयअगाडि शिविर राखेरै धर्नामा सहभागी छन् । सरकारले भने सेनामार्फत धर्नामा हस्तक्षेप गर्ने प्रयास गरिरहेको बताइएको छ । लगातार ४ महिना प्रदर्शन गरेर अल–बसिरलाई सत्ताबाट हटाइएपछि एसपीएले अब तत्काल नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सैनिक काउन्सिललाई दबाब दिएको हो ।


उनीहरूले संक्रमणकालीन सरकार र सशस्त्र बलले अल–बसिर तथा गुप्तचर संस्था एनआईएसएसका अधिकारीहरूलाई न्यायिक कठघरामा ल्याउनुपर्ने माग गरेका छन् ।


अमेरिका, नर्वे तथा बेलायतले पनि मुलुकको नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सैनिक काऊन्सिल र अन्य दलहरूलाई वार्ता गर्न आह्वान गरेका छन् । सुडानस्थित ती देशका दूतावासद्वारा जारी संयुक्त वत्तव्यमा प्रदर्शन दबाउन प्रयोग गरिने कुनै पनि खालका हिंसाविरुद्ध चेतावनी दिँदै सुडानी जनताको वैधानिक परिवर्तनको माग पूरा नभएको जनाएका छन् ।


उता सैनिक काउन्सिलले संक्रमणकाल अन्त्यको प्रतिबद्धता जनाएको छ । काउन्सिलको संरचनामा परिवर्तन गर्दै कर्णेल जनरल हासिम अब्देल मुत्तालिब अहमद बबकरलाई प्रमुख बनाइएको छ । काउन्सिलले राजनीतिक नेताहरूसँग भेट गरी प्रधानमन्क्रीका लागि स्वतन्त्र व्यत्तिमा सहमति जनाउन आग्रह गरेको छ । काउन्सिल सदस्य यासिर अल–अताले आफूहरूले स्वतन्त्र, न्याय र प्रजातन्त्रमा आधारित नागरिक सरकार पुनर्स्थापना गर्न चाहेको बताएका छन् ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?