कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पेरिसस्थित विश्व सम्पदा सूचिमा सूचिकृत ८ सय वर्ष पुरानो चर्चमा आगलागी

रोयटर्स

पेरिस — भीषण आगलागीका कारण फ्रान्सको नोट्रेड्याम क्याथेड्राल (चर्च)मा ठूलो क्षति पुगेको छ । पेरिस शहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा विश्वभर सुपरिचित उक्त विशेष ऐतिहासीक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध भएको छ ।

पेरिसस्थित विश्व सम्पदा सूचिमा सूचिकृत ८ सय वर्ष पुरानो चर्चमा आगलागी

विश्व सम्पदा सूचिमा सूचिकृत उक्त चर्चको छत पूर्णरुपमा जलेपनि अग्नीनियन्त्रयकहरुले मुख्य घण्टी रहेको टावर र बाहिरी पर्खाल भने भत्कनबाट जोगाएका छन् ।


स्थानीय समय अनुसार साँझ छतबाट एक्कासी आगलागी सुरु भएको थियो । आठ सय वर्ष पुरानो उक्त चर्चमा के कारणले आगलागी भयो भन्ने खुलेको छैन । फ्रान्सका राष्ट्रपति इम्यान्युल म्याक्रनका अनुसार आग्नीनियन्त्रकहरुले मुख्य संरचनालाई भने ध्वस्त हुनबाट जोगाएका छन् । उनीहरुले त्यहाँ भित्र रहेको ऐतिहासीक कलालाई आगोबाट जोगाउँदै बाहिर निकालेका थिए ।

राष्ट्रपति म्याक्रनले उक्त चर्च पुनर्निर्माण गर्नका लागि विश्व अभियान नै सुरु गर्ने बताएका छन् । त्यसका लागि विश्वभर रहेका कलाकारहरुलाई त्यसको पुनर्निर्माणमा सहभागी हुनका लागि आव्हान समेत गरिने भएको छ ।


'हामी सबै मिलेर मात्रै यसलाई पुन: बनाउन सक्छौं,' उनले भने, 'आगामी धेरै वर्षका लागि फ्रान्सको प्रमुख लक्ष्य नै यसलाई बनाउने हुनेछ ।'


फ्रान्सको ऐतिहासिक संरचनामा भएको आगलागी प्रति विश्वभरका नेताहरुले गहिरो दु:ख व्यक्त गरेका छन् ।


यो ऐतिहासिक चर्चलाई हेर्न विश्वभरबाट करोडौं पर्यटक फ्रान्स पुग्ने गरेका थिए ।

प्रकाशित : वैशाख ३, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?