धुवाँले ढाकेको त्यो पेरिस [तस्बिरहरु]

एएफपी

काठमाडौँ — भीषण आगलागीका कारण फ्रान्सको नोट्रेड्याम क्याथेड्राल (चर्च)मा ठूलो क्षति पुगेको छ । पेरिस सहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा विश्वभर सुपरिचित उक्त विशेष ऐतिहासिक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध भएको छ ।


प्रकाशित : वैशाख ३, २०७६ ११:५२

Citizen

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नदीमा बेपत्ता दुईसहित तीनकाे शव फेला

कमल पन्थी

बर्दिया — जिल्लाको कोठियाघाटस्थित कर्णाली नदीको भंगालो गेरुवा नदीमा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएको दुई युवाको शव मंगलबार फेला परेको छ । 

प्रहरीका अनुसार नयाँ वर्षमा घुम्न आएका बाँके कोहलपुरका १९ वर्षीय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षीय प्रज्वल कोइराला गेरुवामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।यसैगरी राजापुर नगरपालिका-१० का ५५ वर्षीय ठगु चौधरीको पनि शव फेला परेको छ ।

तीन दिन अघि नयाँ वर्ष मनाउन हिँडेका चौधरी बेपत्ता भएका थिए । उनको शव फेला परेको उद्दारमा संलग्न सशस्त्र प्रहरीका प्रमुख एसपी कृष्ण कोइरालाले बताए ।
काठमाडौ र कुरिनटारबाट आएका गोताखोरले तीनैजनाको शव फेला पारेको हो । नदीमा छ जना पौडी खेलिरहेका थिए ।

कोहलपुरका राजेन्द्र शाही, दाङ घर भई कोहलपुर बस्दै आएका देबेन्द्र थापा, कोहलपुरका दिनेश थारु र बर्दिया मानपुरटपराका अनुप केसी पौडी खेलेर ज्यान जोगाएका थिए ।

प्रकाशित : वैशाख ३, २०७६ ११:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT