२०० वर्ष लगाएर बनेको गिर्जाघर

काठमाडौँ — यो गिर्जाघर पेरिसको लगभग मध्यभागमा अवस्थित छ र करिब २०० वर्ष लगाएर यसको मुख्य संरचना बनाइएको थियो । राजा लुई सातौंको पालामा सन् ११६३ मा यसको निर्माण सुरु गरिएको थियो । शिलान्यास पोप अलेक्जान्डर तृतीयको उपस्थितिमा गरिएको थियो । तर १३४५ अघि निर्माण सम्पन्न हुन सकेन । त्यसयता यो गिर्जाघर थुप्रै ऐतिहासिक घटना क्रमको साक्षी भएको छ ।

२०० वर्ष लगाएर बनेको गिर्जाघर

सन् १४३१ मा बेलायतका राजा हेनरी छैटौंले यहीभित्र श्रीपेच पहिरेका थिए भने यो गिर्जाघर १८०४ मा नेपोलियन बोनापार्टको राज्यभिषेकको पनि साक्षी रह्यो ।


नोट्र–डाम सन् १७९० को फ्रान्सेली क्रान्तिका बेला नराम्ररी क्षतिग्रस्त भएको थियो । धर्मविरोधी हिंसात्मक भीडले गिर्जाघरको शिखर तोडफोड गरेको थियो । यहाँका बहुमूल्य वस्तु लुटिएका थिए भने बाहिर ढोकामा रहेका भव्य प्रतिमा तोडफोड गरिएका थिए ।


सन् १९४४ अगस्ट २४ मा जर्मनी कब्जाबाट पेरिस मुक्त हुँदा यही गिर्जाघरको घण्टा बजाइएका थिए । यसैमा आधारित भएर प्रख्यात लेखक भिक्टर ह्युगोले उपन्यास ‘द हन्चब्याक अफ नोट्र–डाम’ लेखेका थिए । पछि यही पुस्तकका आधारमा फिल्म बनाइयो । जसमा गिर्जाघरको नराम्रो अवस्था देखाइएको छ । यही कारण १९ औं शताब्दीको मध्यतिर गिर्जाघर पुनर्निर्माण भएको थियो ।

यसको भ्रमण गर्न पनि बर्सेनि लाखौं पर्यटक फ्रान्स आउने गर्थे ।


यहाँ यशु क्रिस्टको पालादेखिका वस्तुहरू संग्रहित रहेको बताइन्छ । यहाँ प्यासन अफ क्रिस्ट भनिने यशुलाई झुन्ड्याइएको क्रस, उनको शरीरमा ठोकिएका किलाहरू र अन्तिम अवस्थामा येशुले लगाएको मुकुट राखिएको विश्वास गरिन्छ ।


प्रकाशित : वैशाख ४, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?