२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ट्रम्पलाई वेल्डले चुनौती दिने

एएफपी

वासिङ्टन — सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीका तर्फबाट बिल वेल्डले उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका बेला वेल्डले उम्मेदवारी घोषणा गरेका हुन् । 

ट्रम्पलाई वेल्डले चुनौती दिने

विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।


अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्वगभर्नर बिल वेल्डले ट्वीट गर्दै आफूले उम्मेदवारी दिने बताएका हुन् ।


राष्ट्रपति ट्रम्प पार्टीभित्र निकै लोकप्रिय भएकाले बिल वेल्डले पार्टीका तर्फबाट उम्मेदवारी पाउने सम्भावना कम छ । तर यस उम्मेदवारीले पार्टीभित्र निराशा रहेको प्रस्टै देखिएको छ । रिपब्लिकन पार्टीभित्र ट्रम्पले विपक्षीमाथि जथाभावी आलोचना गर्ने गरेको, रूसी राष्ट्रपतिसँग साँठगाँठ गरेको तथा भर्जिनियामा गोरा राष्ट्रवादीले गरेको आक्रमणप्रति नरम व्यवहार गरेको आरोप लगाइने गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?