कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ट्रम्पले पठाए किमलाई सन्देश

सिन्ह्वा

सिओल, दक्षिण कोरिया — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निःशस्त्रीकरण गराउने विषयमा संवादका लागि सन्देश पठाएका छन् ।

ट्रम्पले पठाए किमलाई सन्देश

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनमार्फत पठाइएको सन्देश किमसम्म पुर्‍याउन ट्रम्पले आग्रह गरेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।


ट्रम्पको सन्देश किमलाई पठाइएको र अब अमेरिका र उत्तर कोरियाबीचको संवादले निरन्तरता पाउन सक्ने सम्भावना बढेको ती अधिकारीको भनाइ छ ।


ट्रम्प र किमबीच भियतनामको राजधानी हनोइमा भएको दोस्रो शिखर सम्मेलनलगत्तै मुन–ट्रम्पबीच वासिङ्टनमा भेटवार्ता भएको थियो । ट्रम्पले उत्तर कोरियाबारे पठाएको सन्देशबारे दक्षिण कोरियाली राष्ट्रपतिबाट कुनै जानकारी सार्वजनिक भएको छैन । वासिङ्टनमा भएको मुन–ट्रम्प सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न विस्तृत धारणा ल्याएको र यसमा सिओल र वासिङ्टनको एकमत छ ।


उत्तर कोरियाको सुप्रिम पिपुल्स एसेम्ब्लीमा बोल्दै किमले समस्या समाधानका लागि आफू थप अर्को वार्ताका लागि तयार रहेको बताए ।उत्तर कोरियाले बुधबार छोटो दुरीको हतियार परीक्षण गरेको थियो ।


पुटिन–किम भेट हुँदै

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र किमबीच भेटवार्ता हुँदै छ । भेटमा द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहकार्य र कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गराउने विषयमा केन्द्रित रहने रूसी फ्रशासनिक केन्द्र क्रेमलिनले शुत्रबार जनाएको छ ।


क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग भने, ‘छलफलका विषयहरू धेरै बृहत् छन् । दुई छिमेकी मुलुकका प्रमुखबीच जोडिएका बृहत् सीमाका विषयमा छलफल हुनेछ ।’


‘रूसले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरणका लागि आफ्नो पूर्ण क्षमताको प्रयोग गर्नेछ,’ उनले भने । नेता किमले अप्रिल अन्त्यसम्ममा रूस भ्रमण गर्नेबारे क्रेमलिनले बिहीबार जानकारी गराएको थियो । यो पुटिन र किमबीचको पहिलो औपचारिक भेटघाट हुनेछ ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?