अमेरिकामा आँधी, ४ को मृत्यु

एजेन्सी

वासिङ्टन — अमेरिकाको मिसिसिपी र अलाबामा आँधीले चार जनाको ज्यान लिएको छ । धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रूखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको छ । अन्य दुईको मृत्यु गाडी चलाइरहेका बेला भएको छ । अलाबामा राज्यको पेल नगरमा ४२ वर्षीया महिलाको घुम्ती निवासमा रूखले थिचेर मृत्यु भएको छ । आँधीले अमेरिकाको दक्षिणी राज्यहरु अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सासमा धेरै क्षति पुर्‍याएको छ ।


बिहीबारको उक्त आँधीका कारण मिसिसिपी राज्यमा १ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बञ्चित भएका छन् ।


प्रकाशित : वैशाख ७, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?