श्रीलंकाको विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्यो

बीबीसी

कोलम्बो — श्रीलंकामा आइतबार चर्च र होटलमा भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार करिव ५ सय जना घाइते छन् । प्रहरीका अनुसार विस्फोटमा दर्जनभन्दा बढी विदेशी नागरिकको मृत्यु भएको छ ।

श्रीलंकाको विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्यो

प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई पक्राउ गरेको छ । तर अहिलेसम्म विस्फोट कसले गरायो भन्ने अज्ञात नै रहेको छ ।


इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलमा शृंखलावद्ध विस्फोट गराइएको थियो ।


आक्रमणपछि श्रीलंकामा लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध भने यथावत नै राखिएको छ ।


श्रीलंकामा सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

प्रकाशित : वैशाख ९, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?