कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी हिंसामा एकको मृत्यु

पटना — भारतमा जारी १७ औं लोकसभाअन्तर्गत मंगलबार १३ वटा राज्य र दुइटा केन्द्रशासित क्षेत्रका ११७  सिटमा निर्वाचन भएको छ । तेस्रो चरणअन्तर्गत मंगलबार गुजरातका २६ सिट र केरलका २० सिटमा निर्वाचन भएको छ ।

१६ सय ४० उम्मेदवार मैदानमा रहेको तेस्रो चरणको चुनावमा १८.८ करोड मतदाताले २ लाख १० हजार ७७० मतदान केन्द्रमा मत खसालेका थिए । मंगलबार भएको निर्वाचनका क्रममा पश्चिम बंगालको मुर्सिदाबाद लोकसभा क्षेत्रअन्तर्गत भगवानखोलामा भएको हिंसामा एक जनाको मृत्यु भएको छ । तृणमूल कंग्रेस -टीएमसी) र कंग्रेसका कार्यकर्ताबीच भएको भिडन्तमा एक कंग्रेस कार्यकर्ताको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन् ।


कंग्रेसको अध्यक्ष राहुल गान्धी र भाजपा अध्यक्ष अमित शाह लडेको लोकसभा क्षेत्रमा समेत मतदान भएकाले मंगलबार भएको तेस्रो चरणको निर्वाचनलाई विशेष चासोको हेरिएको थियो । गान्धी केरलको वायनाड र शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा छन् । मंगलवार मतदान भएका १ सय १७ सिटमध्ये सन् २०१४ मा भाजपा नेतृत्वको एनडीएले ६७, कंग्रेसको नेतृत्वको यूपीएले २६ र अन्यले २४ सिट जितेका थिए ।


प्रकाशित : वैशाख १०, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?