१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पुटिन–किम भेट

एजेन्सीहरू

भ्लादिभोस्तक, रूस — रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भेटवार्ता भएको छ । भेटवार्ता रूसको सुदूरपूर्वी तटीय सहर भ्लादिभोस्तकमा भएको हो ।

पुटिन–किम भेट

राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर वार्ता स्थल पुगेका हुन् । उनलाई स्थानीय जनताले परम्परागत सांस्कृतिक भेषभूषासहित स्वागत गरेका छन् ।


दुवै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता भइरहेको छ । वार्ता स्थल वरपर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । रूसका राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बीआरआई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ पुग्ने बताइएको छ ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिन र किमबीच कोरियाली प्रायद्वीपमा आणविक अप्रसारका साथै रूस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित हुने रूसी अधिकारीले बताए । वार्ताफछि दुई नेताबाट संयुक्त वत्तव्य जारी नहुने/नहुने स्फष्ट छैन । क्रेमलिन स्रोतका अनुसार वार्ता त्रममा नयाँ सम्झौतामा हस्ताक्षर हुँदै छ ।


राष्ट्रपति पुटिनले कोरियाली प्रायद्वीपमा सिर्जित तनावका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने प्रतिक्रिया दिए । उनले किमलाई स्वागत गर्दै भने, ‘तपाईंको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा सुधार आउनेछ । कोरियाली प्रायद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं ।’ नेता किमले भ्रमणबारे पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायद्वीपका विषयलाई सम्बोधन गर्न रूसी राष्ट्रपतिसँगको भेटवार्ता अर्थपूर्ण हुने जनाएका छन् । उनले भने, ‘अहिले, विश्वकै ध्यान कोरियाली प्रायद्वीपमा केन्द्रित छ ।’

प्रकाशित : वैशाख १३, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?