कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा बस दुर्घटनामा १० को मृत्यु, २६ घाइते

रासस/सिन्ह्वा

नयाँ दिल्ली — भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा घाइते भएका २६ मध्ये केहीको अवस्था जटिल रहेको जनाइएको छ । 

शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् । घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ । “गतराति यात्रु बोकेको बस पन्चपुल नजिकैबाट झण्डै २०० मिटर तल खस्यो, दुर्घटनामा परी दश जनाको घटनास्थलमै मृत्यु भएको छ,” एक प्रहरी अधिकृतले भने । उनले अन्य केही घाइते भएका र उनीहरुको विभिन्न ठाउँमा उपचार भइरहेको पनि जानकारी दिएका छन् ।

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्घटनामा चालक पनि घाइते भएका छन् । हिमाञ्चल प्रदशेका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् ।



प्रकाशित : वैशाख १५, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?