कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जापानी राजाद्वारा गद्दी त्याग 

‘हेइसी’ युगको अन्त्य

काठमाडौँ — जापानी राजा आकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । गद्दी त्यागसँगै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा पनि गरिएको छ  । 

जापानी राजाद्वारा गद्दी त्याग 

तीन दशकसम्म चलेको हेइसी युग राजा आकिहितोले गद्दी त्यागसँगै अन्त्य भएको हो । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो ।


गद्दीत्याग गर्ने क्रममा जापानी राजा आकिहितोले जापान र विश्वका सबै जनताको शान्ति र खुशीको कामना गरेका छन् ।


बुधबारबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । त्यसदिन जापानमा नयाँ शाही युगको शुरुवात हुनेछ । यो युगको नाम ‘रेईवा’ दिइएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।


८५ वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।

प्रकाशित : वैशाख १७, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?