दक्षिण भारतमा बस दुर्घटना : १५ जनाकाे मृत्यु

रासस/एएफपी

नयाँदिल्ली — भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा बस अर्को सवारी साधनसँग ठोक्किएको थियो ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।


स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुईजनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् ।

मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका छन् । उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कँदै थिए ।

प्रकाशित : वैशाख २९, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?