२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अल्बानियाँमा प्रधानमन्त्री कार्यालयमा बम प्रहार

एजेन्सी

टिराना, अल्बानियाँ — दक्षिणपूर्वी युरोपेली मुलुक अल्बानियाँमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा आइतबार पेट्रोल बम प्रहार गरेका छन् । प्रधानमन्त्री इडी रामालाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

अल्बानियाँमा प्रधानमन्त्री कार्यालयमा बम प्रहार

बाल्कन प्रायद्वीपमा पर्ने अल्बानियाँमा तीन महिनायता हजारौँको सहभागितामा सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् ।


प्रदर्शनकारीले प्रधानमन्त्री रामामाथि चुनावमा धाँधली गरेको र मुलुकमा भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाएका छन् । विपक्षी नेता लल्जिम बासाले प्रधानमन्त्री रामा पदच्युत नभएसम्म प्रदर्शन जारी राख्न आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।


प्रकाशित : वैशाख २९, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?