१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

असान्जेविरुद्ध यौन दुर्व्यवहार मुद्दा फेरि ब्युँतियो

एपी

स्टकहोम — विकिलिक्सका संस्थापक जुलिएन असान्जेविरुद्ध यौन दुर्व्यवहारको मुद्दा फेरि ब्युँताइएको छ । लन्डनमा इक्वेडर दूतावासबाट हटाइएको एक महिनापछि उनीविरुद्ध मुद्दा ब्युँताइएको हो ।

असान्जेविरुद्ध यौन दुर्व्यवहार मुद्दा फेरि ब्युँतियो

यो मुद्दा समाप्त भइसकेको अवस्थामा पीडितका कानुन व्यवसायीले फेरि अनुसन्धान हुनुपर्ने माग गरेका हुन । यसो त, मुद्दाको अनुसन्धान फेरि सुरु हुन सक्ने सम्भावना पहिलेदेखि नै व्यक्त गरिँदै आएको थियो ।


असान्जेले स्विडेनमा कुनै प्रकारको यौन दुर्व्यवहारलाई अस्वीकार गरेका छन् । उनीमाथि अमेरिकी गोप्य कागजातहरू सार्वजनिक गरेको गम्भीर आरोप छ । अमेरिकाले यही मुद्दामा असान्जेलाई आफूसमक्ष सुपुर्दगी गर्नुपर्ने माग गरेको छ ।


स्विडेनमा यो मामिलामा फेरि अनुसन्धान थालिएकाले बेलायतले असान्जेलाई सुपुर्दगी गर्ने/नगर्ने निर्णय अब गर्नैपर्ने भएको छ । असान्जेमाथि स्विडेनमा यौन दुर्व्यवहारको आरोप लागेपछि लन्डनस्थित वेस्टमिन्स्टर कोर्टले २९ जुन २०१२ मा पक्राउ आदेश जारी गरेको थियो ।


अदालतले उनलाई आत्मसमर्पण गर्न भनेका थिए । तर असान्जे पक्राउबाट बच्न इक्वेडोरिन दूतावासमा शरण लिएका थिए । पछि स्विडेनले असान्जेमाथि यौन दुर्व्यवहारसँग जोडिएको मुद्दा हटाएको थियो । अघिल्लो महिना मात्रै उनी दूतावासबाट पक्राउ परेका थिए । गत वर्षको डिसेम्बर १२ मा इक्वेडरको नागरिकता उनले प्राप्त गरेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?