अफगानिस्तानमा पत्रकारको हत्या 

एएफपी

काबुल — अफगानिस्तानका महिला पत्रकारको हत्या भएको छ । टेलिभिजनमा कार्यरत रहिसकेकी पत्रकार मीना मङ्गलाई राजधानी काबुलमा शनिबार गोली हानि हत्या गरिएको हो । उनी राजनीतिमा समेत सहभागी थिइन् ।

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीले हत्याको कडा शब्दमा भर्त्सना गरेका छन् । हत्यामा संलग्न भएकालाई तत्कालै कारबाही गर्न उनीहरूले माग गरेका छन् ।


अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले मीनाको हत्यामा संलग्न भएकालाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ ।


अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिले हत्याबारे गम्भीर अनुसन्धान गर्न माग गरेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?