त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

रासस/सिन्ह्वा

राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ । राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

गत अप्रिलयता दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने सयौंको ज्यान गइसकेको छ । लिबियामा हाल राष्ट्रसङ्घ समर्थित लिबियाली सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तार निकट सैनिकबीच त्रिपोलीलाई नियन्त्रण गर्ने नाममा भिडन्त जारी छ । गत सातादेखि दुबै पक्षबीचको लडाइँ अझ व्यापक भएको राष्ट्रसङ्घको भनाइ छ । हकका अनुसार करिब तीन हजार २०० शरणार्थी र आप्रवासीहरु बन्दी अवस्थामा रहन बाध्य छन् । उनीहरुलाई खाना, पानी र स्वास्थ्यसेवाको चरम अभाव छ ।

Citizen

राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार करिब ६७ हजार मानिस आफ्ना घर छाडेर भागेका छन् भने करिब एक लाख मानिस जोखिममा परेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जाजरकोटमा दौड प्रतियोगिता

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोटमा पहिलो पटक दौड प्रतियोगिताको आयोजना गरिएको छ । खुल्ला पुरुष तथा महिला प्रथम मेयर दौड प्रतियोगिताको उपाधि धावक दुर्गाराज बुढामगर र सिता कुमारी शाहीले जितेका छन् ।

जाजरकोटमा आयोजना गरिएको खुला पुरुष तथा महिला प्रथम मेयर म्याराथन दौडमा सहभागी खेलाडीहरु । तस्बिरः कान्तिपुर ।  

मगरले १ सय ५ जना पुरुष र शाहीले १८ जना महिला सहभागीलाई पछि पार्दै निर्धारित १० किलोटिमर दुरी ३६ दशमल्लव ५४ मिनेटमा पार गरी उपाधि जितेका हुन्।

भेरी नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा टेकेन्द्रकुमार थापा र दीपक कठायत क्रमशः द्वितीय र तृतीय भए। महिलातर्फ विमला रानामगर, सुस्मिता रावल द्वितीय र तृतीय बने।
दौडमा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्ती, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय प्रमुख लगायत १ सय ५ जनाले सहभागिता जनाएका थिए। नगरप्रमुख घर्तीले उक्त दौड ५७ दशमल्लव ४१ मिनेटमा पुरा गरेका थिए।

प्रतियोगिताका सहभागी ५० प्रतिशत खेलाडीले मात्र दौड पुरा गरेको नगरप्रमुख घर्तीले बताए। उपाधि जित्ने बुढामगर र शाहीले २०/२० हजार नगद हात पारे। त्यस्तै द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई १५/१५ हजार र १०/१० हजार पुरस्कार प्रदान गरिएको नगरप्रमुख घर्तीले बताए।

उपाधि विजेतालाई कर्णाली प्रदेश सांसद गणेश प्रसाद सिंहले नगद पुरस्कार र प्रमाण पत्र वितरण गरे। खेलकुदले नागरिकलाई स्वस्थ बनाई विकास र समृद्धिमा टेवा पुर्‍याउने सांसद सिंहले बताए।

प्रकाशित : वैशाख ३१, २०७६ १६:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT