१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

रासस/सिन्ह्वा

राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ । राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

गत अप्रिलयता दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने सयौंको ज्यान गइसकेको छ । लिबियामा हाल राष्ट्रसङ्घ समर्थित लिबियाली सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तार निकट सैनिकबीच त्रिपोलीलाई नियन्त्रण गर्ने नाममा भिडन्त जारी छ । गत सातादेखि दुबै पक्षबीचको लडाइँ अझ व्यापक भएको राष्ट्रसङ्घको भनाइ छ । हकका अनुसार करिब तीन हजार २०० शरणार्थी र आप्रवासीहरु बन्दी अवस्थामा रहन बाध्य छन् । उनीहरुलाई खाना, पानी र स्वास्थ्यसेवाको चरम अभाव छ ।


राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार करिब ६७ हजार मानिस आफ्ना घर छाडेर भागेका छन् भने करिब एक लाख मानिस जोखिममा परेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?