कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निसानको नाफा घट्यो

एएफपी

टोकियो — आर्थिक रूपले संकटग्रस्त जापानी कार कम्पनी, निसानले मंगलबार यो आर्थिक वर्षको नाफा यो दशकमा नै सबैभन्दा न्यून रहेको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीले २०१९ को मार्चसम्ममा आफ्नो नाफा दुई अर्ब ९० करोड अमेरिकी डलर (तीन खर्ब १९ अर्ब जापानी येन) रहेको जनाएको छ । यो नाफा रकम विश्व आर्थिक मन्दीको बेला २००९/२०१० पछिकै सबैभन्दा न्यून हो । 

निसानका पूर्वप्रमुख कार्लोस गोउनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि कम्पनीको कारोबारमा समस्या देखिएको हो । नेतृत्वको अभावको सामना गरिरहेको कार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ५७ प्रतिशतले घटेको छ । चालू आवमा निसानको घाटा एक खर्ब ७० अर्ब जापानी येन रहने कम्पनीको प्रक्षेपण छ । निसानका प्रमुख कार्यकारी अधिकारी शिरोतो साइकावाले भनेका छन्, ‘कार्यसम्पादन एकदमै चुनौतीको अवस्थामा छ तर हामीले यसलाई सुधार गर्न लागिरहेका छौं ।’


पछिल्लो तथ्यांकले कम्पनीलाई अपेक्षाभन्दा निकै न्यून नाफा भएको देखाएको उल्लेख गर्दै उनले ‘कृपया हामीलाई पुरानो अवस्थामा फर्कने समय दिनुहोस्’ भनेका छन् । कम्पनीका प्रमुख रहेका समय गोउनको पक्राउले कम्पनीलाई एकातिर नेतृत्वको समस्या भएको छ भने अर्कोतिर कम्पनीमा भएको अनियमितताको खबरले कम्पनीको ख्यातिमा समेत प्रभाव परेको छ ।


निसानका प्रमुख कार्यकारी अधिकारी साइकावाले कम्पनीले आफ्ना प्रमुखलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि केही समय व्यावसायिक गतिविधिमा ध्यान दिन अलमल भएको स्वीकार्दै यसको परिणाम कम्पनीको आम्दानी तथा कुल नाफामा देखिनु नौलोजस्तो नलाग्ने बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?