कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेलायतको बेरोजगार दर न्यून

एएफपी

लन्डन — बेलायतको बेरोजगार दर ४५ वर्ष यताकै न्यून अवस्थामा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको युरोपेली संघ (ईयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मंगलबार सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

सन् २०१९ को सुरुवाती तीन महिनामा यहाँको बेरोजगार दर ३.८ प्रतिशत कायम भएको छ । यो सन् १९७४ को अन्तिम त्रैमासिक पछिको न्यून बेरोजगार दर भएको बेलायती तथ्यांक मामिला हेर्ने कार्यालय (ओएनएस) ले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।


सन् १९७४ को आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बेरोजगार दर ३.९ थियो । त्यसपछि कहिल्यै पनि यो बिन्दुमा नझरेको ओएनएसले जनाएको छ ।


‘ब्रेक्जिटसम्बन्धी अनिश्चितताको मुखमा पनि बेलायतको श्रम बजार आश्चर्यजनक रूपमा लचकदार देखिएको छ,’ हारग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ अर्थशास्त्री बेन ब्रेटेलले पछिल्लो तथ्यांकपछि भने, ‘यी साँच्चै अर्थतन्त्रले सामना गरेका मजबुत तरंग हुन् जसलाई तथ्यांकले प्रस्ट्याएको छ ।’


ओएनएसले भनेको छ, बेलायतको रोजगारदर ७६.१ प्रतिशत हुने अनुमान गरिएको थियो, जुन सबैभन्दा उच्च संयुक्त तथ्यांक हो जुन रेकर्डमा राखिएको छ । ‘यहाँ यस्ता प्रामाणिक चासो छन् जसलाई संयुक्त अधिराज्यका कम्पनीले चाहिनेभन्दा बढी पुँजीगत खर्चको तुलनामा श्रमलाई संग्रह गरेका छन्,’ ब्रेटेलले भने, ‘यस्तो अनिश्चित समयमा तपाईंले किन नयाँ योजना र उपकरणमा ठूलो राशि खर्च गर्नुहुन्छ जब तपाईंले थप श्रमिक भित्र्याउन सक्नुहुन्छ र सोही नतिजा पाउन सक्नुहुन्छ ?’


यस्तै औसत साप्ताहिक आम्दानीलगायत अधिक लाभांशमा भने मार्चसम्म (तीन महिना) मा ३.२ प्रतिशतले कमी आएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?