कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अमेरिकाको अलाबामा गर्भपतन प्रतिबन्ध

एएफपी

मियामी — अमेरिकाको अलाबामा राज्यको सिनेटले मंगलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ  । सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ  ।

अमेरिकाको अलाबामा गर्भपतन प्रतिबन्ध

गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुन सक्नेछ ।रिपब्लिकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणीकरणका लागि गभर्नर के इभेसमक्ष पुगेको छ । गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानुनको रूप लिनेछ । नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन ।


संयुक्तराज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानुनको कार्यान्वयन रोक्ने गरी अदालतमा चुनौती दिने तयारी गरेको छ ।

विधेयकको पक्षमा रहेकाले आफूहरू सर्वोच्च अदालतमा जाने धम्की दिएका छन् ।डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीश नियुक्त गरेकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ । सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो । बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्य सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन् ।

सिनेट डेमोक्र्याटिक पार्टीका नेता बब्बी सिंगलटनले अलाबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको बताएका छन् । उनले यो राष्ट्रको लज्जा भएको फ्रतिक्रिया व्यत्ति गरे ।


बीबीसीका अनुसार द न्यासनल अर्गनाइजेसन फर वुमनले गर्भपतनमाथिको प्रतिबन्धलाई गैरसंवैधानिक र आगामी चुनावमा गर्भपतनविरोधी उम्मेदवारलाई राजनीतिक समर्थन जुटाउन गरिएको कार्य भनेको छ । प्लान्ड प्यारेन्टहुड साउथइस्ट एडभोकेट्की स्ट्यासी फक्सले उक्त निर्णयलाई अलाबामाको महिलाका लागि कालो दिन भनेकी छन् । रिपब्लिकन सांसद टेरी कोलिन्सले ‘यो विधेयकले गर्भमा भएको बच्चालाई पनि मानिस मान्छ’ भनेका छन् ।

डेमोर्क्याट बबी सिङ्गलटनले विधेयक चिकित्सकलाई अपराधी बनाउने र पुरुषले महिलालाई आफ्नो शरीरलाई के गर्ने भनेर सिकाउने प्रयास भनेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?