कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको निधन 

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी लेबर पार्टीको तर्फबाट ३ कार्यकालसम्म अष्ट्रेलियाको प्रधानमन्त्री बनेका थिए ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको निधन 

हकका परिवारले बिज्ञप्ति निकालेर उनको घरमा मृत्यु भएको जनाएको हो । हक सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाका प्रधानमन्त्री बनेका थिए । स्वास्थ्य अवस्था राम्रो नभएकोले उनी २ दिनपछि हुनलागेको आमनिर्वाचनको प्रचारप्रसारमा पार्टीको तर्फबाट सहभागी बन्न सकेका थिएनन् ।


अहिले विपक्षमा रहेको लेबर पार्टीका नेता रहेको समयमा उनको नेतृत्वमा लेबरले ४ पटकसम्म जित हासिल गरेको थियो । उनी अष्ट्रेलियाका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने नेताका रूपमा चिनिन्थे ।


अष्ट्रेलियालाई अन्तर्राष्ट्रियरुपमा ससक्त रुपमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको श्रेय उनलाई दिइने गरिन्छ । उनले अष्ट्रेलियाको स्वास्थ क्षेत्रमा सर्वसाधारणलाई सहज र सुलभ पहुँच दिने मेडिकेयरको सुरुवात गरेका थिए । पछिल्लो समयमा सक्रिय राजनीतिबाट टाढै रहे पनि उनी लेबर पार्टीको संरक्षक मानिन्थे ।


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले उनको मृत्युले अष्ट्रेलियालाई ठूलो क्षति पुगेको बताएका छन् । उनले अष्ट्रेलियालाई महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै मरिसनले उनी देशको लागि अहोरात्र खट्ने र मनदेखि काम गर्ने नेता भएको बताए ।


यसैगरी बिपक्षी दल लेबरका नेता बिल सर्टनले उनी लेबर पार्टी तथा समग्र देशको लागि उदाहरणीय नेता भएको बताए । पूर्वप्रधानमन्त्री केभिन रड लगायतका नेताहरूले समेत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?