कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फोहोर फिर्ता लान क्यानडामाथि दबाब

एजेन्सी

मनिला — फिलिपिन्सले ५ वर्षअघिको फोहोर विवादका कारण क्यानडास्थित राजदूतलाई फिर्ता बोलाएको छ । फिलिपिन्सका विदेशमन्त्रीले क्यानडाले सन् २०१४ मा आफ्नो सामुदि्रक क्षेत्रमा झारेको फोहोरका कन्टेनर फिर्ता लग्न दिइएको समयसीमा गुजारेकाले राजदूत फिर्ता बोलाउन बाध्य भएको बताए ।

उनले फोहोर फिर्ता नलगेसम्म क्यानडास्थित आफ्नो कूटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने बताए ।


विदेशमन्त्री टेडी लोक्सिन जुनियरले टवीटरमार्फत भनेका छन्, 'क्यानडाले फोहोर लैजाने मे १५ को समयसीमा गुजार्‍यो । फोहोरको व्यवस्थापन नभएसम्म हामी क्यानडामा कूटनीतिक उपस्थिति कम गर्न बाध्य भएका छौं ।'


सन् २०१३ र २०१४ मा क्यानडाले फिलिपिन्सको तटीय इलाकामा दर्जनौं टन फोहोर फालेको थियो । फिलिपिन्सले उक्त फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानडामाथि दबाब दिँदै आएको छ ।


लोक्सिन जुनियरले क्यानडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानडा छाड्न आदेश दिएको पनि उल्लेख गरेका छन् । मनिलास्थित क्यानेडियन राजदूतावासले भने फोहोर विवाद सुल्झाउन प्रयास गरिरहेको जनाएको छ ।


क्यानडाले सन् २०१३ र २०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ कन्टेनर फोहोर नष्ट गरिए पनि ६९ कन्टेनर त्यतिकै राखिएको छ ।


गत महिना फिलिपिन्सका राष्ट्रपति रोडि्रगो डुटेर्टेले 'उक्त फोहोरका कन्टेनर क्यानडा पुर्‍याएर फयाँकिदिने चेतावनी दिएका थिए । उनले उक्त फोहोर तह लगाउन क्यानडाले पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएका छन् ।

फिलिपिन्सको तटीय क्षेत्रमा फालिएका दर्जनौं कन्टेनरमा घरायसी फोहोर रहेको छ । फिलिपिन्सको एक अदालतले गत अपि्रल २४ मा उक्त पुगेको फोहोर क्यानाडा फर्काउन आदेश दिएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?