कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुवावेमा गुगल एप्स नचल्ने

एजेन्सी

क्यालिफोर्निया — चिनियाँ मोबाइल कम्पनी हुवावेका मोबाइल फोनमा अब गुगलले निर्माण गरेका केही एप्सहरू नचल्ने भएका छन् । 

हुवावेमा गुगल एप्स नचल्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने कार्यकारी आदेश जारी गरेपछि गुगलले आफ्ना एप्सहरू हुवावेले निर्माण गर्ने मोबाइल फोनमा नराख्ने निर्णय गरेको हो ।


गुगलको पछिल्लो निर्णयसँगै हुवावेले निर्माण गर्ने फोनमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेललगायतका एपहरू राखिने छैनन् । हुवावे फोन प्रयोगकर्ताले हाल चलाउँदै आएका त्यस्ता एपहरू प्रयोग गर्न मिले पनि अपडेट हुने छैनन् ।


गुगलको निर्णयबारे प्रतिक्रिया दिँदै हुवावेले ‘एन्ड्रोइडको विकास र विस्तारमा ठोस योगदान पुर्‍याएको’ जनाएको छ । त्यसका साथै कम्पनीले ‘आफ्ना विश्वव्यापी ग्राहकका लागि सेवा प्रदान गर्न सुरक्षित र भरपर्दो सफ्टवेयर विकसित गर्ने’ उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?