कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अर्बपतिले तिरिदिए ४ सय विद्यार्थीको ऋण

एजेन्सी

जर्जिया — अमेरिकाको जर्जियास्थित मोरहाउस कलेजमा ग्र्याजुएसन कार्यक्रम चलिरहेको थियो । सोमबारको कार्यक्रममा सम्बोधनका लागि मञ्चमा उत्रेका अमेरिकी अर्बपति रोबर्ट फ्रेडरिक स्मिथको घोषणाले विद्यार्थी चकित परे । 

अर्बपतिले तिरिदिए ४ सय विद्यार्थीको ऋण

स्मिथको भाषणले कलेजका ४ सय विद्यार्थीको खुसीको सीमा रहेन् । केही वर्षअघिसम्म अन्जानजस्तै यी धनाढ्यका लागि घोषणाले भने उनी निकै चर्चित भए । ५६ वर्षीय धनाढ्यले शैक्षिक सत्र २०१९ मा कलेज अध्ययनका लागि लिएको ऋण तिरिदिने घोषणा गरेका हुन् । उनले ऋण लिएका विद्यार्थीको करिब ४ करोड अमेरिकी डलर तिरिदिने घोषणा गरेका हुन् ।


स्मिथले आफ्नो सहयोगी प्रयासले ‘भिस्टाले विविधता र उत्कृष्टतालाई जोड दिन सघाउन पुर्‍याउने’ जनाए । उनले ‘बुबा-आमा, हजुरबुबा-हजुरआमा तथा अफ्रिकी अमेरिकीको संघर्ष, साहस र प्रगतिका कारण आफू यो स्थानसम्म आइपुगेको’ बताए ।

अमेरिकाका अश्वेतमध्येका सबैभन्दा धनी स्मिथको व्यक्तिगत सम्पत्ति करिब ५ अर्ब डलर छ । उनी निजी लगानी कम्पनी ‘भिस्टा इक्विटी पार्टनर्स’ का संस्थापक हुन् । सफ्टवेअर कम्पनीको व्यवसायमा केन्द्रित भिस्टा करिब ४६ अर्ब डलरको कम्पनी हो ।


जर्जियाको डेन्भर कोर्लोयाडोस्थित अफ्रिकी अमेरिकीको बाहुल्य क्षेत्रमा हुर्केका स्थिमथका बुबाआमा विद्यालयका शिक्षक थिए । विद्यालयमै हुँदादेखि एक विज्ञान अनुसन्धान कम्पनीमा कामका गरेका स्मिथले कोर्नेल विश्वविद्यालयमा रासायनिक इन्जिनियरिङ पढेका हुन् ।


त्यसलगत्तै कोलम्बिया विश्वविद्यालयबाट एमबीए गरेका स्मिथले ‘गोल्डम्यान स्याक्स’ मा काम गरे । त्यसताका एपल र माइक्रोसफ्टजस्ता सूचना प्रविधि कम्पनीसँग काम गरेका स्मिथले सन् २००० मा भिस्टा कम्पनी खोलेका हुन् ।


सार्वजनिक जीवन खासै नरुचाउने स्मिथ आफ्नी पत्नीसहति टेक्सासमा बस्छन् । यसअघि उनले मोरहाउसको छात्रवृत्ति एवं संस्था विकासका लागि १५ लाख डलर सहयोग गरेका थिए । त्यसैगरी, उनले सन् २०१६ अश्वेत तथा महिला इन्जिनियरिङ विद्यार्थीको सहयोगका लागि कोर्नेल विश्वविद्यालयलाई ५ करोड अमेरिकी डलर दिएका थिए ।


प्रकाशित : जेष्ठ ८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?